हिमालयन कङ्गारु । वैशाख १२ गतेको भूकम्प आउँनु अघिसम्म सफा नगरको रुपमा समेत परिचित भक्तपुर नगरपालिका क्षेत्र अहिले भूकम्पले क्षतविक्षत बनाइदिएको छ । भूकम्पले लथालिङ्ग पारिदिएको यहाँका सम्पदास्थलको व्यवस्थापन र सरसफाइमा पुनः जोड दिन थालिएको छ । यसका लागि नगरपालिकाका कर्मचारी तथा नेपाली सेना, शस्त्र प्रहरी र नेपाल प्रहरी निकै सक्रियताका साथ लागिपरेका छन् ।

भूकम्पले लथालिङग बनाइदिएको भक्तपुरमा हिड्डुलकै लागि समेत समस्या छ । त्यसैले भक्तपुर नगरपालिका क्षेत्रका भत्किएका संरचनाहरुको व्यवस्थापन र सम्पदास्थलको सरसफाइ कार्यले तीव्रता पाएको छ । भक्तपुरका नगपालीकाका ४ सय कर्मचारीहरु अहिले दिनभर नगरपालीका क्षेत्र भित्र भत्केका सम्पदाहरुको सरसफाईका साथै छरप्रस्ट रहेका सम्पदाहरुको बन्दोबस्त तथा भुक्म्पबाट घरबार विहीन भएका मानिसहरुलाई अत्याआवश्यक सामाग्रीहरुको बन्दोबस्तीमै व्यस्त रहन थालेका छन् ।

भक्तपुर नगरपालीका कर्मचारी एसोसियनका अध्यक्ष एव पर्यटन अधिकृत गौतम लासीवाले भक्तपुर नगरपालीका कर्मचारीहरुमध्ये आफन्तहरु भुकम्पमा परी मृत्यृ भएकाबाहेक सबै कर्मचारीहरु नगरको सम्पदा सरसफाई, भुकम्प पिडीतहरुका लागि पानीको व्यवस्थापन, नगरभित्रका बाटाहरु खुलाउन र सहज आवतजावतको लागी व्यवस्था मिलाउँन ब्यस्त रहेको बताउँनुभयो । आफन्त वितेका कर्मचारी बाहेक कसैलाई विदा समेत नदिइएको उहाँले बताउँनुभयो । लासीवाका अनुसार भक्तपुर नगरका १ सय १६ सम्पदामा भुकम्पबाट क्षति पुगेको छ । क्षती भएका सम्पदामा पार्टी, पौवा, मठ मन्दिर र दरबार छन् । क्षतीभएका सम्पदाहरुमा केही पुर्ण रुपमा त केहीअर्ध र केही चर्किएको बताउँनुभयो । विश्वसम्पदा सुचिकृत फसीदेग (शिवमनिदर),बत्सलामन्दिर,खौमा गेट पुर्ण रुपमा क्षतीभएका छन् ।

भुकम्पबाट केदारनाथमन्दिर, जगनाथमन्दिर,भेलुखेलको च्यासीमन्डप , च्यामासीह गेट, गणेश मन्दिर लगायतका सम्पदाहरुमा पनि क्षती पुगेको छ । भक्तपुर नगरपालीकाभित्र रहेका साना साना बाटा तथा गल्लीहरु भएकाले गल्लीका बाटाहरु खोल्नल्न निकै समस्या देखिएको छ । ती गल्लीमा पर्यटन तथा स्थानीयहरुको आवातजावत बाक्लै हुने भएकाले मानिसहरु पुरिएको हुनसक्ने भन्दै खोजी कार्य पनि जारी राखेको छ ।

Comments

comments