तीन खेल अगावै इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन बनेको चेल्सीले नेपालका भुकम्प पीडितहरुको सहायताकालागि राहत कोष बनाउने घोषणा गरेको छ ।

क्लबको आधिकारिक वेभसाईटका अनुसार चेल्सी फाउण्डेशनले नेपालले बेहोरिरहेको दुःखद अवस्थामा भुकम्प पीडितहरुलाई सहायताकालागि कोष खडा गर्न लागेको हो । क्लबको यु २१ टोलीको आगामी खेलबाट कोषकालागि रकम संकलन गर्न थालिने पनि क्लबले जनाएको छ । जम्मा भएको रकम नेपालका भुकम्प पीडितहरुलाई वितरण गरिने छ ।

चेल्सीको यु २१ टोलीले आगामी विहिबार अल्डरसटमा लिभरपुलको यु २१ टोलीसँग खेल्दै छ । उक्त खेलको टिकट मुल्य ३ सय पाण्ड राखिएको छ भने बालबालिकालाई भने १ पाउण्ड टिकट लाग्ने छ । अल्डरसटमा धेरै नेपालीहरुको पनि बसोबास छ । ०००

Comments

comments