महाभूकम्पको १२ औं दिन आज प्रधानमन्त्री सुशील कोइराला गोरखामा पुगेका छन् ।

उनी आज बिहान हेलिकोप्टरबाट महाभूकम्पको केन्द्र रहेको जिल्ला गोरखाको चौतारा ओर्लिएका हुन् । उनले प्रभावित क्षेत्रको निरीक्षण र उद्धार तथा राहत वितरणको अबस्थाबारे जानकारी लिएका छन् । यसअघि हिजो पनि कोइरालाले भूकम्पको मुख्य प्रभावित क्षेत्र सिन्धुपालचोकको भ्रमण तथा निरीक्षण गरेका थिए ।

Comments