नेपालस्थित विभिन्न मुलुकका दुई दर्जनभन्दा बढी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखले राहत लिएर आएका विदेशी दाताहरुलाई भन्सारमा अड्काएको भन्दै सरकारसमक्ष असन्तुष्टि व्यक्त गरेका छन् ।

मानवीय सहायता सामग्री लिएर नेपाल आउन चाहने विदेशी जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण सहज नभएको तथा सामग्री भन्सारमा अड्काएको भन्दै सरकारसमक्ष असन्तुष्टि व्यक्त गरेका हुन् । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मन्त्रालयमा सोमबार राजदूतहरूलाई दिएको ‘ब्रिफिङ’ मा राजदूतहरूले विमानस्थलमा त्यस्ता विमानहरूलाई सहज रूपमा अवतरणको व्यवस्था मिलाउन आग्रह गरे। उनीहरूले विमानस्थल भन्सारमा आफ्ना मुलुकबाट पठाइएको सहायता सामग्री ‘भन्सार क्लियरेन्स’ नपाएका कारण अड्किरहेको पनि बताए । मन्त्री पाण्डेले विदेशबाट आएको सहायता सामग्रीमा भन्सार नलिने निर्णय भइसकेकाले कुनै समस्या नआउने भन्दै राजदूतहरूलाई आश्वस्त पार्ने प्रयास गरेका थिए।

उनले दूतावासका गाडी विमान रोकिएको ठाउँस म नलगिदिन आग्रहसमेत गरेका थिए। निमित्त सचिव बैरागीले विमानस्थलको क्षमताले नधान्ने ठूला जहाज नल्याउन मन्त्री पाण्डेले अनुरोध गरेको बताए ।

Comments