हरेक महिलाहरु त्यतिखेर आल्हादित हुन्छन जतिखेर आमा बोध गर्दै धर्तीमा नयाँ पाहुनाको स्वागत गर्न सक्षम हुन्छन । आमाको आत्मसम्मानको पहिलो यात्रा यो पाइलासंगै सुरु हुने गर्छ र त्यो निरन्तर बाँधिरहन्छ हरेक सन्तानको रेखदेखमा आमाको दायित्व बनेर । त्यसैले पनि आमा भन्ने शब्दको बोध गर्न पाउनु हरेक महिलाको लागि दैवको देन झै बनेको छ , प्रकृतिको पवित्र परम्परा झै बनेको छ र सम्मानको आभुषण पनि । यही विश्वासले पनि यसपटकको महाअत्यासबीच धेरै आमाले यो शब्दको महिमालाई ढल्न दिएनन् । टेलिभिजन पत्रकार सविना कोइराला लेख्छिन् :

को आत्तिएनन ? को डराएनन् ? बैशाख १२ गते मध्यान्हको त्यो महाविनाशकारी भूकम्पसंग । जस्को भय र कम्पनले धेरै धरोहरहरु ढले , धेरै मृत्युसमक्ष आत्मसमर्पण गर्न विवश भए तर अहँ डगमगाएन आमाका आँटहरु , आमाका धर्महरु । त्यही आँटले नेपाल आमाको धर्तीमा धेरै नयाँ पाहुनाहरुले स्पर्श गरेका छन् । भूकम्पको भयमा आमाहरुको गर्भमा असर पर्नुलाई अस्वाभाविक मानिदैन् पनि , त्यही आधार टेकेर धेरै हल्लाहरु चले चलाइए , धेरै आमाहरुको गर्भ स्खलित भएको विस्मातलाग्दा खबरहरुले मन धेरैको रोयो धेरै विचलित बने । तर भएन त्यस्तो केही । काठमाडौंको थापाथली स्थित प्रसुति गृहको तथ्यांक र यहाँ उपचार भएकाहरुको अवस्था हेर्दा भूकम्पले धेरै आमाहरुको पुकारको सम्मान गरेको प्रतीत हुन्छ ।
भूकम्पले प्रसुति गृहको मुख्य भवनमा क्षति पु¥याएपछि भने उपचारमा धेरै कठिनाईहरु उत्पन्न भए । अस्तव्यस्त बनेको अस्पतालमा उपचारमा विघ्न बाधाहरु पनि प्रशस्तै आए । तर विनाशपछिको विपत्तिले कसैलाई अत्याएन् ,कोही पनि आफ्नो कर्तव्यबाट विचलित नहुँदा धेरै आमाहरुको यात्रामा कुनै ठेस लागेन पनि । वैशाख १२ को त्यो भीषण कहालीलाग्दो दिनपछिका आठ दिनको यात्रामा प्रसुति गृहले प्रशस्त नयाँ पाहुनालाई सक्षमरुपमा धर्तीमा उभ्याएको छ ।

१२ गते २६ जनाको भर्ना लिएको र १६ ले नयाँ पाहुनालाई जन्म दिए , जस्मा ५ जनाको सिजरिङ गर्नु परेको थियो । १३ गते ३५ जना भर्ना भएका थिए भने सो दिन ३३ जनाको डेलिभरी र एक जनाको सिजरिङ गरिएको थियो । १४ गते ४१ जना भर्ना , ३० को डेलिभरी र ३ को सिजरिङ , १५ गते ४९ जना भर्ना , ४२ डेलिभरी , सिजरिङ ५ , १६गते ३६ भर्ना , ४२ डेलिभरी , ९ सिजरिङ , १७ गते ५६ भर्ना, ४४ डेलिभरी , सिजरिङ १, १८ गते ५५ भर्ना, २७ डेलिभरी , १३ को सिजरिङ , १९ गते ६१ भर्ना , १८ डेलिभरी र १० को सिजरिङ गरिएको थियो । अन्य समयको तुलनामा प्रसुति गृहले भने यसपटक भर्ना नै कम लिएको जनाएको छ ।

महाविनाशकारी भूकम्प गएको २२ घण्टा पछि भक्तपुरमा चार महिने एक बालक सोनित अवालको नेपाली सेनाले गरेको उद्दारको दृश्य र तस्बीर विश्वभरका सञ्चार माध्यमको महत्वपूर्ण मसला मात्र बनेन फेसबुकमा भाइरल बन्दै विश्वभरका लाखौ मानिसहरुको हृदयपनि छुन पुग्यो । यही एउटा तस्बीर प्रतिनिधि बन्यो भूकम्पको असरमा परेका नेपाली बालबालिकाहरुप्रति चिन्ता जाहेर गर्न विश्व समुदायलाई । अहिले धेरै आमाहरुको गाउँठाउँमा विजोग छ , जेजस्तो अवस्थाबीच पनि सुत्केरी हुनु पर्ने पीडाको पोखरीमा पौडिन बाध्य छन् उनीहरु ।

१२ गते २६ जनाको भर्ना लिएको र १६ ले नयाँ पाहुनालाई जन्म दिए , जस्मा ५ जनाको सिजरिङ गर्नु परेको थियो । १३ गते ३५ जना भर्ना भएका थिए भने सो दिन ३३ जनाको डेलिभरी र एक जनाको सिजरिङ गरिएको थियो । १४ गते ४१ जना भर्ना , ३० को डेलिभरी र ३ को सिजरिङ , १५ गते ४९ जना भर्ना , ४२ डेलिभरी , सिजरिङ ५ , १६गते ३६ भर्ना , ४२ डेलिभरी , ९ सिजरिङ , १७ गते ५६ भर्ना, ४४ डेलिभरी , सिजरिङ १, १८ गते ५५ भर्ना, २७ डेलिभरी , १३ को सिजरिङ , १९ गते ६१ भर्ना , १८ डेलिभरी र १० को सिजरिङ गरिएको थियो । अन्य समयको तुलनामा प्रसुति गृहले भने यसपटक भर्ना नै कम लिएको जनाएको छ ।

धेरै आमाहरु आमा बन्दा पाउने पीडालाई सुखद पीडा ठान्छन तर परिस्थिति अहिले हरेक आमाहरुका लागि कठिन छ , रित्तिएको र पुरिएको भान्सा , घरकोठाको अभाव , प्रसुति हुँदा पाउने अधिकार खोसिएको र छिनिएका क्षणहरु । मातृ मृत्युदर र शिशु मृत्युदरको कहालीलाग्दो अवस्थाबाट पार पाउदै गरेको नेपालका लागि भूकम्पको भयावहले आमाहरुको काख रित्तिनु हुँदैन, हरेक ठाउँ र गाउँमा आमाहरुको यो जिम्मेवारीको सम्मान गर्न सबै सचेत बन्न आवश्यक छ । ०००

Please follow and like us:

Comments