-हिमालयन कङ्गारु ।

चरम शहरीकरणको चपेटामा पर्दै आएको काठमाडौंको कपन क्षेत्रका ठूला पक्की घरहरु पनि वैशाख १२ को विनाशकारी भूकम्पको चपेटामा परेका छन् । कपन क्षेत्रमा थुप्रै बलिया र पक्की भनिएका ठूला घर तथा भवनहरु भत्किएका छन् । कपनमा सात तले, ६ तले र ५ तलेका पक्की घरहरु ठलेर ध्वस्त भएका छन् । तिनमा परेर धेरैले ज्यान समेत गुमाएका छन् । भुकम्पबाट क्षतिग्रस्त बनेका घरहरुबाट फैलिएका दुर्गन्ध तथा दुषित प्रदुषणले वरपरका स्थानीय जनता प्रभावित भएका छन् ।

काठमाडौंको कपन क्षेत्रमा बनेका झट्ट हेर्दा कहिल्यै केही हुँदैन भन्ने लाग्ने ठूला र पक्की घरहरु पनि भुकम्पबाट भत्किएका छन् । यस क्षेत्रमा बनेका ठूला र पक्की घरहरु नै भत्किए पछि स्थानीयवासी थप त्रसित बनेका छन् । कपनको यो सात तले घर भएको ठाँउको नाम नै यही घरबाट राखिएको थियो तर अहिले यो सात तले घर पनि भुकम्पबाट क्षतबिक्षत भएको छ । सात तले भत्किएर अहिले त्यस वरपर दुर्गन्धित बनेको छ । इशाइ धर्मालाम्वीहरुको चर्च समेत रहेको यस घरमा शनिवार प्रार्थनामा रहेका घेरै ब्यक्तिहरु भुकम्पमा परे ।

सात तलेको घर भुकम्पमा परेर एकै पटक भत्किएर क्षतबिक्षत भएको देखेका स्थानीयबासीको मनमा अझै त्रास छ ।

कपनमा सात तले भन्दा अलिपर रहेको अर्को ५ तले पक्की घर पनि क्षतबिक्षत भएको छ । त्यो घरमा रहेका दर्जर्नाै ब्यक्ति घरमा पुरिए । त्यो घर भत्किएको दृश्य सम्झदै स्थानीय महिला यसो भन्छिन् ।

त्यसैगरी कपन फैका बौद्ध रामहिटी छेउमा रहेको दानबहादुर खड्गीको पाँच तले घर पनि भूकम्पको कारण भत्कियो । जसबाट दर्जर्नौ ब्यक्तिले ज्यान गुमाए भने १९ जना ब्यक्तिहरु घाइते अवस्थामा रहेका छन् । भुकम्पमा परेर पुर्णरुपमा क्षतिग्रस्त भएको घर सम्झदै खड्गी पिडा पोख्छन् । बाइट
कपन क्षेत्रमा वैशाख १२ को विनाशकारी भूकम्पका कारण ठुलो सख्यामा घरहरु भत्किएका छन् । तर हजारौ जनता प्रभावित हुँदा पनि राजधानीकै कपन क्षेत्रमा राहत सामाग्री पुग्न नसकेकोमा पीडित स्थानीयवासी भने आक्रोशित बनेका छन् ।

Comments

comments