नेपालमा गएको महाविनाशकारी भूकम्पबाट पीडितको राहत तथा भत्किएका भौतिक संरचना निर्माणका लागि विश्वव्यापी सहयोग आउँने क्रम जारी छ । त्यसरी नेपाललाई सहयोग जुटाउँने अभियानमा हलिउड र बलिउडका चर्चित सेलिब्रेटीहरु पनि छन् ।

तर भारतीय चलचित्रका नायक सलमान खानले भने यस्तो विषम परिस्थितिमा पनि नेपाली दर्शकहरुको मन अझ दुखाएका छन् । उनले भूकम्प पीडित नेपालीहरुका लागि आफ्नो तर्फबाट कुनै सहयोग गर्ने योजना नरहेको बताएका छन् । उनी दूत रहेको विइङ ह्युमनले नेपाली भूकम्प पीडितहरुलाई सहयोग गर्न लागिएको खबरलाई खण्डन गर्दै सलमानले तत्कालका लागि आफ्नो तर्फबाट सहयोगको त्यस्तो कुनै योजना नरहेको स्पष्ट पारेको हो ।

सलमानको यस्तो हर्कतबाट उनका नेपाली फ्यानहरु भने रिसाएका छन् । त्यसैले सलमानका कुनै चलचित्र नहेर्न र उनको चलचित्र बहिस्कार गर्न सामाजिक सञ्जालहरुमा अभियान नै शुरु गरिएको छ ।

Comments

comments