अन्नपानी विना मान्छे कति दिन बाँच्न सक्छन् ? यसको उत्तर फरक फरक आउँन सक्छन् । तर कम्तीमा नौदिन भने मान्छे अन्नपानी विना पनि बाँच्न सक्छन् भन्ने पुष्टि भएको छ ।

वैशाख १२ गते शनिवार गएको महाविनाशकारी भूकम्पमा परी वेपत्ता तीनजनालाई सिन्धुपाल्चोकबाट नवौं दिनमा जीवितै उद्दार गरिएको छ ।
सशस्त्र प्रहरी बलको उद्दार टोलीले सिन्धुपाल्चोक जिल्लाको स्याउले गाविस वडा नम्बर ८ बाट भत्किएका संरचनामा पुरिएका मध्ये तीनजनालाई घट्ना भएको करिब २२० घण्टापछि आइतवार जीवितै उद्दार गरिएको हो । जीवितै उद्दार गरिएकाहरुमा ज्ञानकुमारी खत्री,कञ्चन खत्री र धनकुमारी खत्री रहेका छन् ।

सस्त्र प्रहरी बलले महानिरीक्षक कोषराज वन्तको प्रत्यक्ष निगरानीमा भूकम्प प्रभावित क्षेत्रमा वेपत्ताको खोजी,घाइतेको उद्दार र राहत वितरण कार्यलाई तीव्रता दिदै आएको छ ।

यस्तै आइतवार नै नुवाकोटका १०५ वर्षीय फुञ्जु घलेलाई पनि नेपाल प्रहरी र जापानी उद्दार टोलीले जीवितै उद्दार गरिएको छ ।

Comments

comments