बैशाख १२ गते गोरखाको वारपाक केन्द्र विन्दु बनाएर गएको महाविनाशकारी भुकम्प आए पछि आईतबार नवौं दिन पनि पराकम्पहरु आउने क्रम जारी छ । आईतबार मात्र ६ वटा भुकम्पका धक्का महशुस गरिएको छ ।

पछिल्लो पटक साँझ ५ बजेर २० मिनेट जाँदा नुवाकोट केन्द्र्रविन्दू रहेको ४ दशमलब ९ रेक्टर स्केलको भुकम्प गएको छ । राजधानी काठमाडौमा पनि भुकम्पको तिब्र झट्का महशुस भए पछि आम सर्वसाधारण आ–आप्mनो घरबाट बाहिर निस्कीएका थिए । यसअघि बिहान १० बजेर ४६ मिनेटमा धादिङ केन्द्रविन्दु बनाएर ४ दशमलब ५ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । त्यसैगरि आजै विहान सिन्धुपाल्चाक, धादिङ, गोरखा र फेरि धादिङ केन्द्र भएका चारवटा भुकम्पका धक्का महसुस भएका थिए । विहान ३ बजेर २९ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएको ४ दशमलब ५ रेक्टर स्केल, विहान ४ बजेर २४ मिनेट जाँदा धादिङ केन्द्र भएर ४ रेक्टर स्केलको, ५ बजेर ४७ मिनेटमा गोरखा केन्द्र भएको ४ रेक्टर स्केलको र विहान ८ बजे धादिङ केन्द्र भएको ४ दशमलब १ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

यससँगै बैशाख १२ देखि हाल सम्म चार रेक्टर स्केल भन्दा माथिका १ सय ३१ भुकम्पका धक्का महशुस गरिएको र तुलानात्मक रुपमा धक्का क्रमशः कम हुँदै गएको केन्द्रका प्रमुख लोक विजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भुकम्पका धक्का न्युन हुँदै गएको छ । ६ रेक्टर स्केल भन्दा साना भुकम्पले कुनै असर नपर्ने हुँदा साना साना धक्का आउँदा आत्तिनु नपर्ने उहाँले बताउनु भयो । ठुलो भुकम्प आएकाले साना साना परकाकम्प महिनौ सम्म जान सक्ने पनि भुकम्प मापन केन्द्रले जनाएको छ ।

Comments

comments