सरकारका मूख्य सचिव लीलामणी पौड्यालले वागमती किनाराको पोलिथिन टिप्दैमा वागमती सफा नहुने स्वीकार गर्नुभएको छ ।

तर सफाइका लागि नदी किनरामा जम्मा भएको पोलिथिन टिप्नै पर्ने उहाँको भनाई छ । वागमती सफाइ अभियानको १०२ औं हप्तामा शनिवार आयोजित सफाइ कार्यक्रममा बोल्दै उहाँले आम मानिसको मन र मस्तिष्क सफाइमा नै वागमती सफाई अभियान लक्षित रहेको स्पष्ट पार्नुभयो । वागमती अभियान पद र पैसाको लागि नभएर स्वयमसेवा रहेको उहाँले स्पष्ट पार्नुभयो । सफाइको नाममा कसैले चन्दा उठाएको पाइए कारवाही गरिने उहाँको चेतावनी छ ।

शनिवारको सफाइ अभियानमा योग गुरु राममदेव समेत सहभागी हुनुभएको छ । त्यसक्रमा रामदेवले अभियान र अभियन्ताहरुप्रति सदैव साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अभियानमा सफलता प्राप्त गर्न वर्षौ लाग्ने भन्दै उहाँले लिखित लोकतान्त्रिक संविधान जारी भएपछि मुुलुकका विकारहरु विस्तारै सफा हुदै जाने विश्वास व्यक्त गर्नुभयो । वागमती सफाईको १ सय २ औं हप्तामा योग गुरु रामदेवले अभियानमा सहभागी हुदै ऐक्यवद्धता जनाउनुभएको हो ।

आफनो योगअभ्यासको लामो अभियानको स्मरण गर्दै उहाँले वर्षौ लागेपनि स्वच्छ वागमतीको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

Comments

comments