बरिष्ठ गीतकार प्रेम प्रकाश मल्लको ८० बर्षको उमेरमा निधन भएको छ।

पक्षघातका कारण लामो समयदेखि अस्वस्थ रहेका गीतकार मल्लको शिक्षण अस्पताल नेपालगन्जमा उपचार कै क्रममा निधन भएको हो । ‘म मरे पनि मेरो देश बाँचि रहोस्….’, ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ पोखरा त साच्चिकै पो पोखरा नै रैछ…’ जस्ता कालजयी गीतका लेखक मधुकरका शव्द भावमा राष्ट्र, राष्ट्रियता पाईन्छ। मधुकरका अधिकांश गीत चर्चित र नेपाली जनजीब्रोमा झुन्डिएका छन्। कबिता/गजल र शोककाब्य लगायत ५ पुस्तक प्रकाशित छन् ।

मल्लले ०५४ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार पाएका थिए। उपचारका लागि आर्थिक अभाबको परेपछि उनका आफन्तहरुले सहयोगका लागि बाँके कै जनप्रतिनिधि मुलुकको प्रधानमन्त्री सुशील कोइरालासँग आग्रह गरेका थिए। गीत संगीतमै आफ्नो जीवन सर्मपण गरेका मल्लले सरकारबाट उपचार सहयोग पाएनन्।

सडक दुर्घटनामा परेर छोराको मृत्यु भएपछि उनी लामो समयदेखि छोरीको घरमा बस्दै आएका थिए ।

Comments

comments