एफसी अन्डर १४ गल्स क्षेत्रीय प्रतियोगिताको  उपाधिका लागि अाज नेपाल र बङ्गलादेशबीच प्रतिष्पर्धा हुँदैछ ।

प्रतियोगिताको उपाधि भिडन्तका लागि फाइनल खेल अाज दशरथ रङ्गशालामा दिउँसो ४ बजे नेपाल र बङ्गलादेशवीच हुनेछ भने अपराह्न १ बजे भारत र इरान तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । इरानलाई २–० ले हराएपछि बङ्गलादेशले आयोजक तथा साबिक विजेता नेपालसँगको एएफसी १४ वर्षमुनिको  क्षेत्रीय प्रतियोगिताको फाइनल भिडन्त पक्का गरेको हो ।

यसअघि नेपालकी निर्मला उपाध्यायले ४४औँ मिनेटमा निर्णायक गोल गरेपछि चिरपरिचत प्रतिद्वन्द्वी भारतलाई पाखा लगाएर नेपाल फाइनलमा पुगेको थियो । दशरथ रङ्गशालामा भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशकी कप्तान कृष्णा रानीले पहिलो हाफको २९औँ मिनेटमा अग्रता दिलाइन् भने मार्जियाले ६२औँ मिनेटमा गोल थपेपछि फाइनल यात्रा सहज भयो ।

Comments

comments