नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय र टिट्वेन्टी राष्ट्रिय टोलि नयाँ बनाउने भएको छ ।
गत एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा एकदिवसीय र टिट्वेन्टी राष्ट्रिय टोली बनाउने भएको हो। शनिबारदेखि हुने भनेको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट नहुने भएपछि र टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता पनि गर्न सम्भव नभएपछि क्यानले यस्तो तयारी गरेको हो।  केही साताअघि सकिएको एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा क्यानले ५० खेलाडीलाई प्रारम्भिक छनोट गर्न लागेको छ।
नेपालले आगामी जुन १० र १२ मा एकदिवसीय स्वरूपको आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप खेल खेल्दै छ। त्यसैगरी जुलाईको पहिलो सातादेखि आयरल्यान्ड र स्कटल्यान्डमा टिट्वेन्टी विश्वकप छनोट प्रतियोगिता खेल्दैछ।  यी दुवै प्रतियोगिताका लागि एकदिवसीय र टिट्वेन्टी दुवै राष्ट्रिय प्रतियोगिता गरी ५० जना खेलाडीलाई प्रारम्भिक छनोट गर्ने कार्यक्रम थियो।
स्रोतका अनुसार ५० खेलाडीलाई छनोट गरी उनीहरूबाट चार वटा टिम बनाइनेछ र उनीहरूबीच एकदिवसीय र टिट्वेन्टी खेल खेलाइनेछ। वैशाख २२ देखि २४ गतेसम्म टिट्वेन्टी खेल हुनेछ र वैशाख २६ देखि २९ गतेसम्म एकदिवसीय खेल हुनेछ।

 

Comments

comments