वीर गोर्खालीहरुको वीरताको कदर र सम्मानमा शनिवार अष्ट्रेलियाको मेलबर्नमा विशेष कार्यक्रम हुँदैछ ।

एनजाक डेको अवसर पारेर मेलबर्नमा वीर गोरखाहरुको सम्मानमा र्यालीको आयोजना गरिने भएको छ । विहान नौबजेदेखि शुरु हुने उक्त र्यालीले मेलबर्नका विभिन्न भागको परिक्रमा गर्नेछ । उक्त र्यालीमा सहभागी हुन सम्पूर्ण नेपाली समुदाय र गोरखालीप्रति सम्मान दर्शाउँन इच्छुक सबैलाई अपिल गरिएको छ ।

वीरहरुको पनि वीर गोरखाली हाम्रो गौरव भन्ने नाराका साथ हुने उक्त र्यालीपछि विशेष कार्यक्रमको आयोजना समेत गरिदैछ ।
सन् १९१५ मा भएको गल्लीपोली क्याम्पको युद्ध असफल भए पनि उक्त क्याम्पमा पहिलो पुग्ने र क्याम्पलाई छोड्ने अन्तिम टोली गोरखाली सेनाको थियो । त्यहाँ टर्कीस सेनासँग भएको युद्धमा गोरखाली सेनाले देखाएको अदम्य सहास र बहादुरीको अझैसम्म पनि चर्चा गर्ने गरिन्छ ।

Comments

comments