विगत एक महिना देखि अष्ट्रेलिया भ्रमणमा रहेको नेपालको चर्चित व्याण्ड नेपथ्य मेलबर्न आइपुगेका छन् । अष्ट्रेलियाका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुति र कन्सर्ट मार्फत यहाँ रहेका नेपाली समुदायहरुलाई नचाउँने मात्र होइन देशप्रतिको प्रेम पनि जगाउँदै हिड्ने क्रममा नेपथ्य विहीवार मेलबर्न आइपुगेका हुन् ।

नेपथ्यको यसपटकको अष्ट्रेलिया टुर अन्तर्गत मेलबर्नको टाउन हलमा अप्रिल २६ मा अन्तिम कार्यक्रम हुँदैछ । यति फूटबल क्लबको आयोजनामा हुने नेपथ्यको मेलबर्न कन्सर्टलाई कँडेल कन्सल्टेन्सीले प्रायोजन गरेको छ । यसैबीच आयोजक यति फूटबल क्लबले नेपथ्य ब्यान्डको स्वागतमा विहीवार रात्रिभोजको समेत आयोजना गरेको थियो ।

मेलबर्नमा नेपथ्यको कन्सर्ट हेर्न चहाने दर्शकहरुका लागि खुशीको खबर छ । यसअघि ४० डलर कायम गरिएको नेपथ्यको कन्सर्टको प्रिबुकिङ टिकटको दरमा आयोजकले ५ डलर छुट दिने घोषणा गरेको छ । अर्थात दर्शक र नेपाली संघ संस्थाहरुको विशेष आग्रहमा प्रति टिकटको मूल्यमा ५ डलर कटौति गरेर ३५ डलर मात्र कायम गरिएको छ ।

तर कार्यक्रमको दिन गरिने डोर सेल टिकटको मूल्य भने ५० डलर नै यथावत राखिएको छ ।

Photo :Solangture

Comments

comments