नेकपा एमालेको सचिव प्रदीप ज्ञवाली विहीवार मेलबर्न आइपुग्नुभएको छ । ओनस भिक्टोरियाको निम्नत्रणामा सचिव ज्ञवाली विहीवार विहान मेलबर्न आइपुग्नुभएको हो । विमानस्थलमा उहाँलाई ओनएस भिक्टोरियाका सदस्यहरुले स्वागत गरेका थिए ।

सचिव ज्ञवालीले विहीवार नै कोबर्ग पुस्ताकालयको अवलोकन समेत गर्नुभयो । उक्त पुस्तकालयमा नेपाली भाषाका विभिन्न पुस्तकहरु उपलब्ध हुने बताइएको छ । उद्घाटनका क्रममा उहाँले पुस्ताकालयको योजना र उपलब्ध पुस्तकहरुका बारेमा जानकारी लिनुभएको थियो । नेपालभन्दा टाढा रहे पनि नेपाली भाषा र साहित्यवारे नेपाली समुदायलाई जागृत बनाउँन पुस्ताकालयले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास थियो ।

अष्ट्रेलिया भ्रमणका क्रममा एमाले सचिव ज्ञवालीले शुक्रवार अष्ट्रेलियाका अर्थ तथा वहुसांस्कृतिक मन्त्री रविन स्कर्टसँग भेटवार्ता गर्नुभएको छ । यस्तै उहाँले शुक्रवार नै मोरल्याण्ड काउन्सिलका मेयर चीनक्याङसँग पनि भेटवार्ता गर्नुभएको छ । त्यसक्रममा उहाँहरुबीच नेपाल अष्ट्रेलियावीचको द्धिपक्षीय सम्बन्ध र यहाँ रहेका नेपाली समुदायको अवस्थावारे कुराकानी भएको थियो । यस्तै नेपालमा जारी संविधान लेखनको अवस्थाका बारे पनि उहाँहरुबीच वार्ता भएको थियो ।

शुक्रवार नै आयोजित नेकपा एमालेका मेलबर्नस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुभयो । सचिव ज्ञवाली उहाँको स्वागतमा भिक्टोरिया राज्यका काउन्सिलर चन्द्र योञ्जनले शनिवार आयोजना गर्नुहुने रात्री भोजमा समेत सहभागी हुनुहुने कार्यक्रम छ ।  

Comments

comments