सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नापोली, फिओरेन्टिना र डिनिप्रो पनि अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । गयराती राति भएको दोस्रो लेगमा जेनिट सेन्ट पिटर्सबर्गसँग २–२ को बराबरी खेलेको सेभिल्ला समग्रमा ४–३ ले विजयी भयो । उसले पहिलो लेग २–१ ले जितेको थियो । सेभिल्लाले छैटौं मिनेटमा कार्लोस बार्काको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा जेटिन खेलमा फर्कियो ।

४८ औं मिनेटमा रोन्डोनले गोल गरे भने ७२ मिनेटमा हल्कले गोल गर्दै २–१ को अग्रता दिलाए । खेलको ८५ औं मिनेटमा सेभिल्लाका गामेरियोल गोल गर्दै खेललाई २–२ मा पुर्याए । अर्को खेलमा नापोलीले वल्फ्सबर्गसँग २–२ को बराबरी खेलेको छ तर, पहिलो लेगमा हात पारेको ४–१ को जितको मदतमा समग्रमा ६–३ को जितसँँगै सेमिफाइनलमा स्थान बनाएको छ । फिओरेन्टिनाले डाइनामो किभमाथि २–० को जित हात पार्दै समग्रमा ३–१ ले विजयी भयो । डिनिप्रो भने क्लब ब्रुगलाई १–० ले पराजित गरेको छ । पहिलो लेग गोलसहित बराबरीमा सकिएको थियो ।

Comments

comments