नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लागू हुनेगरी दैनिक एक घन्टा लोडसेडिङ घटाउने भएको छ ।

दैनिक आठ घन्टा हुँदै आएको लोडसेडिङ शनिबारदेखि दैनिक सात घन्टाभन्दा कम हुनेछ ।
नदीहरुको जलस्तर बढेको तथा कुलेखानी जल विद्युत आयोजनाको सञ्चितिमा सुधार आएपछि लोडसेडिङ घटाउन लागेको प्राधिकरण प्रणाली सञ्चालन विभागले जनाएको छ ।
हाल विद्युतको माग १२ सय मेगावाट भएपनि प्रणाली सञ्चालनमा अझै साढे पाँच सय मेगावाट विद्युत अपुग छ ।

Comments