फिल्म चल्नु भन्दा अघि नै गीत भाइरल बनेपछि लगानी समेत उठाइसकेको फिल्म रेशम फिलिलिले फेरि अर्को नयाँ रेकर्ड राखेको छ । मल्टीप्लेक्समा सबैभन्दा बढी शोज संख्या पाउँने हालसम्मकै पहिलो नेपाली फिल्म बनेको छ–रेशम फिलिलि ।

यो शुक्रवार रिलिज हुन लागको यो फिल्मले दैनिक १७ शोज पाउँने भएको छ । बुधवार तय गरेको शोज योजना अनुसार रेशम फिलिलिले क्यूएफएक्समा दैनिक १७ शोज पाउँने भएको छ भने एफक्युबले पनि ११ शोज तय गरेको छ । उता विग सिनेमाले पनि रेशम फिलिलि दैनिक ५ शोज चलाउँने भएको छ । यो अहिलेसम्मकै रेकर्ड हो ।

शो समयको निर्धारणसँगै अधिकांश हलहरुमा अहिलेदेखि नै अग्रीम बुकिङ खुलिसकेको बताइएको छ । तीमध्ये धेरै शोहरु अहिले नै अकुपाइड भैसकेको चावहिलस्थित एफक्युबका एक कर्मचारीले बताए ।

नयाँ निर्देशक प्रणव जोशी निर्देशित रेशम फिलिलि हाँस्यरसमा आधारित फिल्म हो । विनय श्रेष्ठ,ममता प्रधान लगायतले अभिनय गरेको यस चलचित्रको जालमा बोलको गीत सामाजिक सञ्जालहरुमा भाइरल बनेपछि फिल्मप्रतिको दर्शकको आकर्षण पनि बढेको हो । तर जालमा बोलको अफिसियल भिडियो भने हालसम्म सार्वजनिक गरिएको छैन ।

Comments

comments