बजारमा नयाँ मोडेलको फोन आउने वित्तिकै सबैको नजर एक पटक पुगेकै हुन्छ । कतिपय नयाँ नयाँ मोडेलको फोन बोक्न मन पराउँछन् । र नयाँ मडेल लन्च हुने वित्तिकै किनिहाल्छन् । तर अहिले सबैको नजरमा आईफोन सजिलै पर्छ । हामिले चलाउने मोबाईलमा विभिन्न फंसनहरुत हुन्छनै मोबाईलमा हुने फक्सनको प्रायोगको लागि हेडफोनको पनि महत्पुर्ण भुमिका हुन्छ ।

आइफोन वा आइप्पाडसँगै आउने हेडफोन हेर्दा निकै सामान्य लाग्छ । अक्सर यसको प्रयोग फोन कल गर्न वा गीत सुन्नका लागि मात्र गर्छन आम प्रयोगकर्ताले । तर, तपाईं यदि यसको स्मार्ट तरिकाले प्रयोग गर्न चाहनुहुन्छ भने यही सानो इयरफोनमा निकै ठूलो संसार छ । एयरफोनमार्फत् आइफोनका फिचर नियन्त्रण गर्ने यन्त्रलाई एयरबड्स भनिन्छ । इयरबड्सका माध्यमबाट तपाईले आइफोन नचलाई धेरै काम गर्न सक्नुहुन्छ ।

एयरफोनका केहि विशेषताहरु यसप्रकार छन् ।

१. एयरबड्सको बिचको बटनलाई एकपटक मात्र थिच्नुभयो भने तपाईले फोन उठाउन, कुरा गरिरहेको अबस्थामा फोन काट्न, सुनिरहेको गीत रोक्न वा रोकिएको गीतलाई पुनः सुचारु गर्न सकिन्छ ।

२. आइफोन स्क्रिन लक भइरहेका बेला पनि तपाईले इयर बड्सको बिचको भाग एकपटक थिच्नुभयो भने तपाईको आइफोनमा भएको गीत बज्न थाल्छ । फेरि एकपटक थिच्नुभयो भने रोकिन्छ ।

३. गीत सुनिरहेका बेला तुरुन्तै अघिल्लो गीतमा जम्प गर्नका लागि एयरबड्सलाई डबल क्लिक गर्नुहोस् ।

४. यदि तपाई पुरानै गीतमा फर्किनु चाहानुहुन्छ भने फटाफट तीनचोटी सोही बटन थिच्नुहोस् ।

५. डबल क्लिक गरेर बिचको बटनलाई केहीबेर थिचिराख्नुभयो भने गीत फास्ट फरवार्ड हुन्छ ।

६. गीतलाई रिवान्ड गर्नु छ भने तीनपटक फटाफट थिचेर केहीबेर होल्ड गर्नुहोस् ।

७. एयरबड्सको बिचको बटन थिचेर कुरा गरिरहेको फोन कललाई होल्डमा राखेर अर्को कल रिसिभ गर्न वा फेरि होल्डमा राखिएको फोन कलमा फर्किन सकिन्छ ।

८. यसैगरी बजिरहेको कललाई अस्वीकार गरी म्यासेज पठाउन चाहानुहुन्छ भने बिचको बटन एकपटक क्लिक गरेर केहीबेर थिचिराख्नु पर्छ ।

९. एयरफोनबाटै फोटो पनि खिच्न सकिन्छ । यसका लागि तपाईले क्यामेरा एप अन गरेर एयरबड्सको बिचको बटन थिच्नुपर्छ ।

Please follow and like us:

Comments