विश्वकप २०१४ को पहिलो सेमिफाइनलमा आयोजक ब्राजिलविरुद्ध जर्मनीले गोलको वर्षा गर्दै फाइनलमा प्रवेश गरेको छ।

सन् २००२को दक्षिण कोरिया-जापान विश्वकप यता जर्मनी फाइनल पुगेको पहिलो पटक हो । अब जर्मनीले फाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

विश्वकपकै इतिहासमा लज्जास्पद हार बेहोरेको घरेलु टोली ब्राजिलको विश्वकप चुनौती समाप्त भएको छ। ब्राजिलले जर्मनीविरुद्ध बेहोरेको हार आफ्नो समग्र फुटबल इतिहासकै यो सबैभन्दा ठूलो हार हो।

खेलमा जर्मनी ७-१ गोलले विजयी भएको हो । जर्मनीको लागि ११ औं मिनेटमा थोमस मुलरले गोल गर्दै खाता खोलेका थिए। लगत्तै मिरास्लाभ क्लोजले गोल गर्दै विश्वकपको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बने। उनको नाममा विश्वकपमा गोल संख्या १६ पुगेको छ।

Comments

comments