धादिङको झ्याप्ले खोलानजिक भारतीय पर्यटक सवार बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

काठमाडौबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटकाे जीजे १४ एक्स ९९८० नम्बरकाे पर्यटक बस पृथ्वी राजमार्ग अन्तर्गत खानीखाेला नपुग्दै झ्याप्ले खोला नजिक दुर्घटना भएको हो । विहान करिब साढे सात बजेतिर भएकाे उक्त दुर्घटनास्थलमा खानीखाेलाबाट गएकाे प्रहरीटाेलीले उद्धार कार्य जारी राखेकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Please follow and like us:

Comments