हामी कहिलेकांहि कुरा गर्दा अथवा कुनै प्रसंगलाई जोड्नुपर्दा भन्ने गर्छौ चिनी धेरै खायो भने तितो हुन्छ भनेर । यसको अर्थ हो जुनसुकै कुरा पनि आवश्यक भन्दा बढी भयो भने त्यसले हामीलाई असर पुर्याउछ । प्रसंग हो चिनी र चिनी रोगको ।

मधुमेहलाई चिनी रोग भनिन्छ । इन्टरनेसनल डायबिटिज फेडेरेसन आईडीएफका अनुसार विश्वमा प्रत्येकसेकेण्डमा एक जनाको मृत्यु मधुमेहकै कारण हुने गरेको छ । हाल विश्वभर ३८ करोड ७० लाख जति मधुमेह पीडित छन् । त्यमध्ये ७ करोड ५० लाख दक्षिण पूर्वी एशियामा छन् । मधुमेह पीडितमध्येकरीब २५ लाख नेपाली छन् । मधुमेहकै कारण नेपालमा सन् २०१४ मा मात्रै १४ हजार ७७८ जनाले ज्यान गुमाएको आईडीएफको तथ्यांक छ । यस हिसाबमा नेपालमा मधुमेह ज्यानलिने ११ औं रोग हो । सन् २०३० भित्र मधुमेह सातौं ज्यानमारा रोग बन्न डब्लुएचओको प्रक्षेपण छ ।

गम्भीर कुरा त के हो भने आईडीएफका अनुसार मधुमेह भएका प्रत्येक दुई मध्ये एक जनालाई आफुलाई मधुमेह भएको थाहा छैन । एकै पटक धेरै खाने र लामो समयसम्म भोकै बस्ने गर्दा शरीरले खाना सञ्चीत गर्न थाल्छ । हजारौं वर्ष पुरानो मानव शरीरले प्राकृतिक रुपमा त्यो बेलाको जस्तै जीवनशैली अपेक्षा गर्छ तर अहिलेको आनीबानी ठीक विपरीत भएकाले नै संकट देखिएको चिकित्सकहरुको भनाई छ । डब्लुएचओका अनुसार विश्वमा मधुमेहबाट मृत्युहुने मध्ये ८० प्रतिशत निम्न र मध्यम आय भएका देशका नागरीक छन् ।

अन्तराष्ट्रिय मधुमेहसंघको आंकडा अनुसार विकसित देशमा मधुमेह लाग्ने औसत उमेर ६०–६५ वर्षहो । तर विकासशील मुलुकमा ३०–४० वर्षभित्रै यस्तो समस्या देखिने गरेको छ ।

Please follow and like us:

Comments