नेपाली सेनाले आफ्ना भूपू सैनिकहरुलाई लक्षित गरी कल्याणकारी बोर्ड मार्फत ल्याएको स्वरोजगार तथा पुर्नरोजगार लघुबित्त कार्यक्रममा आगामी पाँच बर्ष भित्र करीब ४५ हजार भूपू सैनिकलाई समेटने भएको छ ।

अबको १ महिना भित्र ५ हजार भूपू सैनिकलाई यो कार्यक्रममा सहभागी गराई ६० करोड लगानी सोंच पनि सेनाले बनाएको छ । नेपाली सेनाको कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेन्ट बैंकबीच भएको संझौता अनुसार सुदुर पश्चिमाञ्चलको धनगढीबाट यो कार्यक्रम लागू भइसकेको छ । रुपन्देहीमा सोमबार आयोजित नेपाली सेनाको भुपु सैनिकहरुको पश्चिमाञ्चल सम्मेलनको उदघाटन गर्दै प्रधानसेनापति गौरवशमशेर राणाले देशको पाचै बिकास क्षेत्रमा लागु भएको यो लघुबित्त कार्यक्रम एक अनुपम उदाहरणको रुपमा रहेको बताउनुभयो ।

नेपाली सेना संगको सहकार्यमा नेपाल ईन्भेष्टमेन्ट बैंकले माईक्रोफाईनान्स अन्तरगत १ लाख देखि ४ लाख सम्म र टयाक्टरबाट ब्यबसाय गर्न चाहनेहरुका लागि ८÷९ लाख सम्म बिना धितो लगानी गर्दै आएका ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बताउनु भयो ।

सेवा निबृत्त भएका सैनिक ,उनिहरुमा आश्रीत परिवार तथा एकल महिलाहरुलाई लघु ब्यबसाय सञ्चालनका लागि बैंकले १ लाख देखि ४ लाख रुपैया सम्म बिना धितो न्युन ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेको हो । अहिले सम्म ३ हजार जना भुपु सैनिक तथा एकल महिलाहरु यो कार्यक्रममा सहभागी हुदा ३५ करोड लगानी भैसकेको छ ।

Comments

comments