आफ्नो पति समलिङ्गी भएको खुलेपछि भारतमा एक डाक्टरले आत्महत्या गरेकी छिन् । समलिङ्गी पतिले दिएको मानसिक तथा शारीरिक यातना सहन नसकि आत्महत्याको बाटो रोज्नुपरेको ती डाक्टरले सुुसाइट नोटमा उल्लेख गरेकी छिन् ।

ती डाक्टर एम्स अस्पतालमा कार्यरत प्रिया वेदी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनले आत्महत्या गर्नुअघि आफ्नो व्यथा फेसबुक मार्फत सार्वजनिक गरेकी थिइन् । उनले विवाह भएको ६ महिनापछि आफ्ना पति डाक्टर कमल समलिङ्गी भएको र उनको केही साथीहरुसँग सम्बन्ध रहेको थाहा पाएको उल्लेख गरेकी छिन् । प्रियाले आफ्ना पतिका समलिङ्गी साथीहरुको नाम समेत फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् ।

priya with husband
पति कमलको ल्यापटपमा समलिङ्गी सम्बन्ध गाँस्दै गरेको तस्वीर देखेर त्यसबारेमा उनले सोध्दा कमलले आफ्नो फेसबुक कसैले ह्याक गरेर अनावश्यक फोटोहरु बनाएको भनी जवाफ दिएको उल्लेख गरेकी छिन् । तर मैले यथार्थ के हो,जानी सकेकी थिएँ–प्रियाले लेखेकी छिन् । यदि समाजमा यस्तो कोही भए उनीहरुलाई विवाह नगर्न समेत प्रियाले आफ्नो सुसाइट नोट मार्फत सुझाव दिएकी छिन् । उनको शव दिल्लीको एउटा होटलबाट आइतवार प्रहरीले बरामद गरेको हो । प्रहरीले आवश्यक छानविनका लागि उनका पति कमललाई पनि नियन्त्रणमा लिएको छ ।

प्रियाको शव दिल्लीको पहाड़गंज इलालाको एक होटलमा फेला परेको थियो । उनले नशा काटेर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ । उनी शनिवार राति पौने १२ वजे उक्त होटलमा गएको होटलको रजिष्ट्रीबाट खुलेको पाइएको छ ।

सुसाइट नोटमा प्रियाले उनको पतिले आफूलाई अन्धकारमा राख्नुको साथै आफूसँग शारीरिक सम्बन्ध गाँस्न समेत असफल भएको उल्लेख गरेकी छिन् ।

Comments

comments