अस्ट्रेलियन सरकारले टेम्पोरी रेसिडेन्ट (टिआर) भिसाका लागि अब अंग्रेजी दक्षता परिक्षा तह (आइएल्ट्स, ओईटी, र टोफेल आइबिटी)को स्कोर तहमा केही खुकुलो गरेको छ । डिपार्टमेन्ट अफ इमिग्रेसन एण्ड बोडर प्रोटेक्सनले हाल सम्मको नियम अनुसार पोस्ट स्टडी वर्क भिसा वा ग्रयाजुएट वर्क स्ट्रीम (सबक्लास ४८५) को लागि योग्य हुन आइएल्ट्सको हरेक ब्याण्डमा ६ वा अन्य टेस्टमा पनि यही बराबरको स्कोर ल्याउनु पर्ने नियमलाई खुकुलो बनाएर अंग्रेजीको दक्षता स्तरलाई कम गरेको हो ।

सरकारले यही अप्रिल १८ बाट लागू हुने गरी समग्रमा स्कोर ६ ल्याए पनि टीआरको लागि आवेदन दिन पाउने नियम घोषणा गरेको हो । समग्रमा ६ भने पनि हरेक ब्याण्डमा न्युनतम ५ अंक भने ल्याउनु पर्ने हुन्छ । कतिपय विद्यार्थीहरू पढाइ सकिएपछि अंग्रेजीकै कारण टीआर पाउन नसकी समस्यामा परेका थिए । एकै पटकको परीक्षामा हरेक ब्याण्डमा ६ ल्याउनुपर्ने नियमका कारण पटक-पटक गरेर हरेकमा ६ आएका तर कहिले एउटा ब्याण्ड त कहिले अर्को ब्याण्डमा ६ ल्याउन नसकेका कारण टीआर पाउनबाट वञ्चित विद्यार्थीको संख्या ठूलो थियो । यही समस्या बुझेर सरकारले बिध्यमान नियमामा परिवर्तन गरेको हो ।

बेलायत, अमेरिका, क्यानडा, न्युजिल्याण्ड र आयरल्याण्डका नागरिकका लागि भने अंग्रेजी दक्षता परिक्षाको अवश्यक्ता पर्दैन ।

यो नियम पोस्ट स्टडी वर्क भिसा वा ग्रयाजुएट वर्क स्ट्रीम (सबक्लास ४८५) र स्किल रिककनाईज ग्रजुएट भिसा (सबक्लास ४७६) को लागि हो । सबक्लास १९०, ४८९, १८९ आदिका लागि भने हरेक ब्याण्डमा न्युनतम ६ ल्याएकै हुनुपर्दछ ।

स्रोत:नेपालीपत्र

Please follow and like us:

Comments