काठमाडौं । दक्षिण कोरियाले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई लुम्बिनी शान्ति नगरको रुपमा विकास गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डको संयोजनमा आज काठमडौमा आयोजित अन्तक्रियामा दक्षिण कोरयाले लसम्विनीमा निर्माण गर्न लागेको लुम्बीनी पिस सिटी परियोजनाको अबधारणा सार्वजनिक गरेको हो । सो अवसरमा दक्षिण कोरियाका प्राध्यापक योङ हुङ क्वाकले सो योजनाबारे जानकारी गराउनुभएको थियो । नेपाल सरकार र कोरिया सरकारबीच सो योजनाका विषयमा सम्झौता भईसकेको भन्दै उहाँले गौतम बुद्धको जन्मभुमिलाई यो योजनाले संसारभर चिनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

लुम्बिनी क्षेत्रको विकास अन्तर्गत रहने सो परियोजना आगामी १५ वर्ष भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिईएको छ । योजना सम्पन्न गर्नको लागि ६ सय ६२ मिलियन अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको पनि सोही अवसरमा प्राध्यापक क्वाकले जानकारी दिनुभयो । तर सो परियोजनालाई नेपाल सरकारले स्वीकृत गर्न भने बाँकी नै छ ।

Comments

comments