जाजरकोटमा करिब २५ प्रतिशतमा रुघाखोकी जस्तो इन्फ्लुएन्जाको लक्षण देखिको छ ।

हिजोसम्म जाजरकोटमा विभिन्न शिविरहरूमार्फत ३ हजार ८८ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा २५ प्रतिशतमा यस्तो लक्ष्यण देखिएको हो २५ प्रतिशतमा इन्फ्लुएन्जा र बाँकी ७५ प्रतिशत बिरामीमा अन्य रोगको लक्षण देखिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जानकारी दिनुभयो । स्थानीय स्वास्थ्यकर्मीहरूले सबभन्दा बढी श्वासप्रश्वासकै बिरामी रहेको बताएका छन् ।

उपचारका लागि आएकाहरुमा रुघाखोकी, ज्वरो, हात, खुट्टा र टाउको दुख्ने, कसैकसैमा वाकवाकी लाग्नेसमेत लक्षण देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

Comments

comments