इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा कोलकोत्ता नाईटराडर्सले किङ्ग्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको गरेको छ ।

गयराति पुनेमा भएको दोस्रो खेलमा कोलकत्ताले पन्जाबलाई पराजित गरेको हो । पन्जाबले प्रस्तुत गरेको १५६ रनको लक्ष्य कोलकत्ताले १७ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि आद्रे रुसेलले ३६ बलको मदतमा ९ चौका र २ छक्काको मदतमा ६६ रन बनाए ।

सन्दिप शर्माले पन्जाबका लागि चार विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन जोडेको थियो ।
खराव सुरुवात गरेको उसको पारी मध्यक्रमका ब्याट्सम्यानले सम्हालेका थिए । २७ रन जोड्दा ३ विकेट गुमाएको पन्जाबका ग्लेन म्याक्सवेल र जर्ज बेलीले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरे ।

बेलीले ४५ बलमा ६० रन बनाए भने म्याक्सवेलले ३३ रनको योगदान दिए । पन्जाबका अन्य ब्याट्म्यानले १५ रन कटाउन सकेनन् । कोलकत्ताका लागि उमेश यादवले ३ विकेट लिए भने मार्ने मोर्केल र आन्द्रे रुसेलले २÷२ विकेट लिए ।

गत सिजनको फाइनलमा पनि पन्जाबलाई ३ विकेटले पराजित गर्दै कोलकत्ता च्याम्पियन बनेको थियो ।

Comments

comments