२३ वर्षिया इभाना मानन्धर यस वर्षको मिस नेपाल २०१५ चयन भएकी छिन । शनिबार राजधानीको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिश्पर्धामा १८ युवतीलाई पछि पार्दै उनले नयाँ मिस नेपालको उपाधि हात पारेकी हुन्।

उनले अबको १५ वर्षमा तपाई आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ? भन्ने निर्णायक प्रश्नको उत्कृष्ट जवाफ दिँदै उपाधि हात पारेकी हुन् । उनलाई अघिल्लो वर्षकी मिस नेपाल सुविन लिम्बुले ताज पहिर्‍याइदिएकी हुन्। नयाँ मिस नेपालको रुपमा आफ्नो नाम घोषणा गरिदा केहि समयसम्म उनी खुशीले रोएकी थिईन ।

२० औं मिस नेपाल बन्नको लागि १९ जना प्रतिष्पर्धी सहभागी थिए।

हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताकी विजेता मानन्धरले मिस वल्र्ड नेपाल २०१५ को उपाधीसहित एकलाख रुपैंया पुरस्कार पाएकी छन्।

यस्तै फस्ट रनर्सअपको उपाधि दिब्यता वैद्यले हात पारिन उनले मिस नेपाल अर्थको उपाधि सहित ६० हजार रुपैंया र सेकेण्ड रनर्सअप भएकी मेधा कोइरालाले मिस नेपाल इन्टरनेसनलको उपाधि सहित ४० रुपैयाँ पाएकी छन्।

Comments

comments