नाइजेरिया र घानाका आप्रावासी चढेको पानीजहाजमा सवार १२ जना क्रिश्चियनको हत्या गरीएको अभियोगमा १५ जना मुस्लिमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लिबियाबाट इटालीतर्फ गईरहेको सवार आप्रवासीहरुबीच धार्मीक हिंसा विषयमा विवाद भएपछि क्रिश्चिन समुदायका १२ जनालाई पानीजहाजबाट फाली हत्या गरीएको थियो । पानीजहाजबाट फाल्ने १५ जना मुस्लिमलाई इटली प्रहरीले गिरफतार गरेको हो ।

पक्राउ परेकाहरुले आफूहरुमाथिको आरोप स्वीकार गर्दै धार्मिक विभेदका कारण उनीहरुलाई फालेको बयान दिएको बिबिसिले जनाएको छ ।

Please follow and like us:

Comments