रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरुले लगाएको प्रतिबन्धले रुसलाई आत्मनिर्भर बन्न प्रोत्साहित गरेको धारणा व्यक्त गरेका छन् ।

उनले रुसको आर्थिक समस्याको विषयमा गरिएको टेलिभिजन बहस मार्फत जनताले सोधेको प्रश्नको जवाफ दिदै नाकाबन्दीसँग जुध्न अधिक आत्मनिर्भर बन्नुपर्ने बताए ।
युक्रेनसँगको विवादका कारण रुसमाथि युरोपेली युनियन र अमेरिकाले लगाएको प्रतिबन्ध तत्काल खारेज हुने सम्भावना नरहेको आफुले ब्यवासायीहरुलाई बताएको पनि पुटिले जानकारी दिए ।

वर्तमान नाकाबन्दीको अवस्थालाई अवस्थालाई आर्थिक बृद्धिको नयां स्तरको विकासमा पुग्नका लागि प्रयोग गर्नु पर्ने पुटिनको भनाइ छ । रुसी मुद्रा रुवेलको मुल्य उकालो लाग्दै गएका कारण अर्थ ब्यबस्था पहिलेकै स्थानमा आउन दुर्ई बर्ष अथवा त्यो भन्दा कम समय लाग्ने राष्ट्रपति पुटिनले जनाए ।

तर औद्यौगिक उत्पादनमा भने खुम्चिन सक्ने पुटिनको चेतावनी छ ।

Comments

comments