रेडबुल राष्ट्रिय लिगमा शीर्ष स्थानको मनाङ मस्र्याङदीलाई मोरङ फुटबल क्लबले गोल रहित बराबरीमा रोकेको छ ।

बिहीबार बिराटगनर स्थित शहीद रंगशालमा भएको खेलमा लिग लिडर मनाङले घरेलु टोली मोरङ संग गोलरहित बराबरी खेलेपछि झापा एघार संगको अंक दुरी ३ अंकले बढाउने अवसर समेत गुमायो । स्टार खेलाडीले भरिएको मनाङले गोल गर्ने पाएपनि मोरङका गोल रक्षक किशोर गिरी बाधक बने । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा घरेलु टोलीका गोल रक्षक गिरीले उत्कृष्ट प्रदर्शन गर्दा मनाङ अंक बाड्न बाध्य भयो ।

जारी लिगमा मनाङको यो लगातार दोस्रो बराबरी हो । मनाङको ५ खेलबाट ११ अंक रहेको छ । दोस्रो स्थानमा रहेको झापाको सामना खेलबाट १० अंक रहेको छ । अहिले सम्म जीत विहीन रहेकोे मोरङ ३ अंक सहित तालिकाको पुच्छारमा रहेको छ । बिहीबारै बुटवलमा भएको अर्को खेलमा नेपाल आर्मीले घरेलु टीम लुम्बिनी फुटबल क्लबलाई ५–० को फराकिलो अन्तराले पराजित ग¥यो । जीत संगै आर्मी ५ खेलबाट ९ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

उत्कृष्ट प्रदर्शन गरेको आर्मीका लागि नवयुग श्रेष्ठ र अमृत बस्नेतले दुई दुई तथा टंक बुढाथोकीले एक गोल गरेका थिए । जारी लिगमा लगातार तेस्रो जीत हात पार्ने क्रममा नवयुगले ४० र ६९ औं मिनेटमा गोल गरेका थिए । अमृतले ८२ र इन्जुरी समयमा गोल गर्दा टंकले ६४ औं मिनेटमा बललाई जाली चुमाएका थिए । उता धनगढीमा भएको खेलमा एपीएफ क्लबले भने सुदुरपश्चिमाञ्चलसंग गोलरहित बराबरी खेलेपछि शीर्ष तीनमा उक्लने मौका खेर फाल्यो ।

Comments

comments