काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा आज शुक्रबार एक दिन सार्वजनिक विदा दिएको छ ।

विहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शुक्रबार सार्बजनिक विदा दिने निर्णय गरेको हो । भारतको नयाँदिल्लीमा उपचारको क्रममा बुधबार राति थापाको निधन भएको थियो । थापाको शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ । त्यसैगरी एक दिन झण्डा आधा झुकाउने र स्वदेश तथा विदेशका सबै कुटनीतिक नियोगहरुमा एक दिन विदा दिने बैठकले निर्णय गरेको छ ।

यसका साथै मन्त्रिपरिषदको बैठकले बैशाख ६ साते प्रधानमन्त्री सुशील कोईराला इन्डोनेशियाको वाङडुङमा हुन लागेको एसियाली अफ्रिकी सम्मेलनमा सहभागी हुने निर्णय समेत गरेको छ ।

Comments

comments