गैर आवासीय नेपाली संघ अष्ट्रेलिया एनआरएनएका उपाध्यक्ष तथा भिक्टोरिया राज्यका संयोजक ऋषि कँडेल तथा एनआरएनए भिक्टोरियाका सल्लाहकार बम योञ्जन भिक्टोरया राज्यको बहुसांस्कृतिक केन्द्र क्षेत्रीय सल्लाहकार परिषद अन्तर्गत उत्तरपूर्वी क्षेत्रका लागि सल्लाहाकर सदस्यमा मनोनित हुनुभएको छ ।

नेपाली समुदायबाट दुई जना सदस्य मनोनयन हुनुलाई निकै महत्वपूर्ण उपलब्धी भन्दै कँडेल र योञ्जनको यो मनोनयनप्रति गैर आवासीय नेपाल संघ अष्ट्रेलियाले बधाई प्रदान गरेको छ । क्षत्रीय सल्लाहकार परिषदका सदस्यहरुले बहुर्साँकृतिक केन्द्रको वैठकमा बसोबास, बहुसाँस्कृतिक सरोकारका विषयहरु,राज्यले दिने सेवा र नागरिकता लगायतका विषयहरुमा आफ्नो महत्वपूर्ण सल्लाह र सुझाव राख्न सक्छन् । त्यसैले उहाँहरुको मनोनयनले नेपाली समुदायका महत्वपूर्ण र वाञ्छानीय विषयहरु केन्द्रको वैठकमा सहजताका साथ पुग्नेमा सबैले विश्वास गरेका छन् ।

rishiramसल्लाकार सदस्य कँडेलले आफ्नो मनोनयन आफ्नो मात्र नभई सिंगो नेपाली समुदाय र भिक्टोरिया राज्यमा रहने बहुभाषिक समुदायको समेत भएकोले ती वर्गहरुको साझा र सामयिक मुद्दा र विषयहरु आफ्नो प्राथमिकतामा रहने बताउँनुभयो ।

यस्तै नेपाली भाषा र नेपाली संस्कृतिको प्रवद्र्धन र सम्मानजनक उपस्थितिका लागि समेत आफ्नो पहलकदमी रहने अर्का सदस्य योञ्जनले बताउँनुभयो । त्यसका लागि भिक्टोरिया र नेपालका विभिन्न शहरहरुबीच भगिनी सम्बन्ध स्थापित गर्ने र भिक्टोरियालाई नेपाली भाषा र संस्कृतिको केन्द्र बनाउँन पहल गर्ने बताउँनुभयो । यस्तै अष्ट्रेलियाका विभिन्न नेपाली संघ संगठनहरुलाई एकीकृत गर्ने छाता संगठन निर्माणका लागि समेत आफूहरु लागिपर्ने उहाँहरुको भनाई छ ।

Comments

comments