साउन्ड क्लाउड, युट्युब मार्फतमा नेपाली गीत सुनिँदै आएको बेला अब नेपाली गीत समावेश गरिएको साइट सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारेर नेपाली गीत सुन्न मिल्ने साइट नेपाली गीत–संगीत स्ट्रिमिङ साइट ‘लिसन्’ (lishn.com) सार्वजनिक गरिएको हो ।

उक्त लिसन् साइट २५ जना संगीतकर्मीका एक सय २० भन्दा धेरै गीत–संगीतहरु सहित सुरु गरिएको हो । निःशुल्क गीत सुन्न पाइने भएपनि संगीतकर्मीले भने आफ्नो गीत बजे वापत रोयल्टी पाउने लिसन्ले जनाएको छ ।

साइटमा जाने वित्तिकै वायाँ साइटमा ‘प्लेलिस्ट साइडबार’ देखिन्छ, जहाँबाट आफ्नो इच्छा अनुसारका गीत सजिलै बजाउन सकिन्छ । ‘मिक्सटेप’मा गीतलाई क्याटगोरी अनुसार छुट्टयाएर प्लेलिस्ट बनाइएको छ । यद्यपी आफूलाई मन परेको गीतहरुको आफ्नै छुट्टै प्लेलिस्ट पनि बनाउन सकिने लिसन्ले जनाएको छ ।

Comments