भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जब नेपाल आए तब ताली नै तालीको सम्मान बोकेर स्वेदश फर्किए । भावनात्मकरुपमा नेपालीहरुलाई चाडै लठ्याउन र झुक्याउन सकिन्छ भन्ने राम्रो हेक्का राखेका भारतीय नेतादेखि लिएर कर्मचारीतन्त्रले यस्को प्रयोग नेपालीहरुमाथि बारम्बार गर्दै आएका छन् । नेपाल भ्रमणको समयमा मोदीले सडकमा मात्र नभई सदनबाट पनि सम्बोधन गर्दै सबै नेपालीलाई लठ्ठ पारे । भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन भनेर उनले गरेको सम्बोधन अझै नेपालीको मानसपटलमा ताजै छ तर उनै मोदीले जर्मनी पुगेर भाषण गरेका छन् बुद्ध भारतीय धर्तीमा पैदा भएका हुन् ।

लाइट अफ एशिया अर्थात एशियाको ज्योति भगवान गौतम बुद्ध । उनै भगवानको जन्मस्थललाई लिएर भारतले बारम्बार भ्रम पैदा गर्दै आएको छ । भारतले बुद्ध आफ्नो देशमा जन्मिएको झुटो प्रचार गर्दै विश्वभर नै अनेकौ हथकण्डाहरु मच्चाउदै आएको छ । भारतीयहरुलार्ई राम्रो हेक्का छ सत्य र सूर्यलाई छेकेर छेक्न सकिदैन तर पनि उनीहरुको झुटको खेती सुकेको छैन । यस्तै अवस्थाबीच गत बर्षको साउन महिनामा नेपाल भ्रमणको दौरानमा मोदीले व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै गौतम बुद्धको पावन भूमिमा आउन पाउदा आफु हर्षले पुलकित बनेको भनाई यसरी राखेका थिए ।

भारतको प्रधानमन्त्री जस्तो उच्च ओहदामा आसिन व्यक्तिले नै बुद्ध नेपालमा जन्मेका हुन भनेर बोलिदिएपछि दङ्ग नपर्ने नेपाली कोही थिएनन् । संसदमा उपस्थित सबै दलका बरिष्ठदेखि कनिष्ठसम्म सबै नेताले लामो समय ताली बजाएर मोदीको त्यो भनाईको सम्मान गरेका थिए । सबैलाई आश थियो , मोदीले नै बोलेपछि बुद्धको बारेमा अझ कुनै भ्रम दक्षिणबाट छरिने छैन् । तर तिनै भारतीय प्रधानमन्त्री मोदीको पनि दुईवटा मुख रहेछन् । तर त्यस्को ९ महिना पछि भारतलाई सुरक्षा परिषद्मा जिताइदिन लबिङ गर्दै जर्मनी पुगेका उनै मोदीले भने बुद्ध भारतमा पैदा भएका हुन् ।

भारत र मोदीको यो दुईमुखे प्रवृतिलाई नेपाल सरकारले कसरी लिने हो , त्यो आम नेपालीको प्रश्न बनेको छ अहिले ।

मोदीको यो प्रवृत्तिले भारतीयहरुको नेपालप्रतिको मानसिकतालाई फेरि एकपटक छर्लङ पारेको छ । आफुले सुरु गरेको भारत सफाई अभियानलाई सगरमाथाको चुचुरोसम्म पु¥याउने मोदीको नियत अहिले आएर प्रष्ट बनेको छ । बुद्ध भारतमा जन्मेको जबर्जस्ती प्रचारले विश्व नै भ्रमित भइरहेको बेला त्यही भ्रमलाई तोड्न नेपालको नीजि टेदिभिजन न्यूज २४ टेलिभिजनले बुद्ध वाज बर्न ईन नेपाल नामक सवै बन्दा लामो टक सो गरी सो टक सोलाई गिनिज वुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाईसकेको छ । जुन कार्यक्रममा नेपालका लागि तत्कालीन भारतीय राजदूत जयन्तप्रसाद स्वय सहभागी भएर बुद्ध नेपालमा जन्मेको सत्यलाई स्वीकार्दै सो अभियानमा हस्ताक्षर समेत गरेका थिए । तर यी सबै समय परिस्थितिलाई छल्ने भ्रम मात्र रहेछन् । भ्रम छर्न भारतीयहरु कत्ति माहिर रहेछन् , मोदीको पछिल्लो अभिव्यक्तिले उनीहरुको नियतलाई थप प्रष्ट पारेपनि बुद्ध जन्मस्थल लुम्बिनी नेपाल हो भन्ने सत्यलाई कसैलै लुकाउन सक्दैनन् ।

Comments

comments