नेपाल क्रिकेट संघ क्यानले प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको कार्यकाल थप गरेको छ ।

बुधबार बसेको क्यान बोर्ड बैठकले घिमिरेको कार्यकाल तीन महिना थप गर्ने निर्णय गरेको हो । घिमिरेको कार्यकाल वैशाख १ गते सकिएको थियो । बैठकले वैशाख ३० गते साधारण सभा बोलाएको छ भने क्रिकेट अपरेशन म्यानेजरका लागि आवेदन आहृवान गर्ने निर्णय गरेको क्यानका प्रमुख कार्यसंचालन अधिकृत छुम्बी लामाले बताए ।

यसैबीच एनपीएल वैशाख १२ गतेबाट हुने भएको छ । क्यानले जोहरा स्पोट्र्स म्यानमेन्टले वैशाख १२ गतेबाट कीर्तिपुर मैदान उपलब्ध गराउने निर्णय गरेको छ । यससँगै एनपीएल हुने निश्चित भएको छ ।

तर, यसमा आफ्नो कुनै संलग्नता नहुने नेपाल क्रिकेट संघले जनाएको छ ।

Comments