५ पटकसम्म प्रधानमन्त्री भईसकेका ८८ वर्षीय सूर्यबहादूर थापाको निधन भएको छ । उपचारका क्रममा थापाको भारतको मेदान्त अस्पतालमा बुधबार राति निधन भएको हो ।

थापाको शुक्रबार मात्र आन्द्राको सफल सल्यक्रिया भएको थियो । डाक्टरहरूले १५ दिन अस्पतालमा बस्नु पर्ने बताएका थिए । तर, बुधबार साँझ स्वासप्रवासमा समस्या बढेपछि भेन्टिलेटरमा राखिएको थियो । धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक प्रधानमन्त्री भएका थिए ।

गत वर्ष पनि लामो समयको अस्पताल बसाई पछि थापा घर फर्केका थिए ।

Comments