-लक्ष्मण गौतम ।

३० दलिय मोर्चाको बन्द पनि देखियो । ३० दलले गरेको बन्दमा ३० जना हरि लठ्ठ्क हरु हातमा लाठि र ईटा लिएर उफ्रिदैमा हुने वाला केहि छैन । पहिलो दिनमै धेरै ठाउमा जनताले बन्दको प्रतिकार गरे । अर्को दुई दिन पनि बन्द यथावत राखिएको भए ट्याक्सी भित्र ड्राईभर राखेर आगो लगाउने माओबादि लाई जनताले पतलुंग खोलेर नांगै बनाएर मट्टीतेल छर्केर आगो लगाउने वाला थिए । जे होस समय मै प्रचण्डले कुरा बुझे र आफ्नो शरीर मा डडेको लाग्न बाट जोगिए तसैले त् मोर्चामा आबद्द सबै पार्टिको बिरोध हुदा हुदै पनि प्रचण्ड ले बन्द फिर्ता गरे । अब यो मोर्चा फुट्ने निश्चित प्राय छ । यिनीहरुको महिनौ देखिको आन्दोलनको ध्वास हात्ती आयो हात्ती आयो फुस्स जस्तो भयो । जनता सडकमा नउत्रेकोले बन्द फिर्ता गर्नु परेको प्रचण्डले नै ३० दलीय मोर्चाको बैठकमा भनि सकेका छन भने मधेशबादी र जनजाति पार्टी हरुले प्रचण्ड ले धोका दिएको आरोप लगाएका छन र अब छुट्टै मोर्चा बनाएर आन्दोलन गर्ने रणनिती बनाउदै छन । केहि मधेशबादी दल बाहेक अधीकांश दलहरुले चुनाब मा एक सिट पनि जितेका छैनन अब यस्ता दलहरुले गरेको बन्द मा आफ्नै स्वास्नी र छोरा छोरी बाहेक अरु कोहि आउने वाला छैनन । यदि आन्दोलन नै गरि हाले भने पनि प्रहरीको दुई चार लौरो खाए पछि ठाउमा आउछन । यदि लौरोले भएन भने प्रहरीले गोलि चलाउला अनि सरकारले सहिद घोषणा गर्दै १० लाख क्षेतीपुर्ती देला अनि कुनै कुनामा १-२ वटा सालिक बनाई देला , त्यो भन्दा अरु हुने वाला केहि छैन । सुन्दा नराम्रो लागे पनि यथार्तता यहि हो । भनाई नै छ सत्य तितो हुन्छ । यसअर्थ मा मेरो यो सत्य कुरा पनि कोहि कोहि लाई तितो पनि लाग्न सक्छ ।

केहि महिना देखी माओबादिका नेताहरु छोडुवा साढे झैँ उफ्रिएका थिए अब भने सुत्केरी गाई झैँ शान्त भएर पुच्छर लुकाउदै काँग्रेस र एमालेको सरणमा पुगेका छन । उनीहरुको पाउमा सहमतिका लागि बिन्ति पत्र चढाएका छन । सहमतिमा नै संबिधान बनाउनु पर्छ । तर सहमतिका नाउमा राष्ट्रको स्वाधिनता , अखण्ड्ता , सार्भभौमिकता मा आच आउने काम गर्न सकिदैन । जातीय राज्य र धेरै प्रदेश बनाउन पनि सकिदैन अनि समथर भुमि जति सबै मधेश प्रदेशमा दिन पनि सकिदैन । भूगोल र सामर्थ्य को आधारमा बढीमा ७ प्रदेश बनाउनु नै देश र जनताको पक्षमा हुने छ । हो सबै जात जाति , बर्ग , क्षेत्र , लिंग , बर्ण का जनतालाई राज्यले समान अधिकार र अवसर दिनु पर्दछ । सवै फुलहरु लाई समान तरिकाले फक्रने र फुल्ने बातावरण बनाउनु पर्दछ । भोको पेट लाई जातको आधारमा राज्य होईन रोजगारी दिनु पर्दछ । शिक्षा , स्वास्थ्य अनि राज्य का सबै संयन्त्रहरुमा समान पहुच दिनु पर्दछ । जनता जनता भन्दै उफ्रिने माओबादि लाई जनताले उसको औकात देखाई हाले अब प्रचण्ड जी ले आफ्नो टांग मुनि पुच्छर हालेर कुई कुई गर्दै सके सम्म आफ्ना एजेण्डा समाबेश गराएर संबिधान सभा बाट नै सहमतिमा जनताको लोकतान्त्रिक संबिधान बनाउन सहजकर्ताको भूमिका खेलुन ।

अहिले सोसल मिडियामा आन्दोलनका क्रममा माओबादि नेत्री हिसिला यमीलाई प्रहरीले पेटमा समातेको फोटो भाईरल भयको छ । महिला लाई समात्न महिला प्रहरी नै किन परिचालन नगरेको भन्ने प्रश्न उठेको छ । यिनै नेत्रिले नेतृत्व गरेको जुलुसले हस्पिटलमा आफ्नी बिरामी आमा छोडेर आएको एक जना आम सर्बसाधारण को नया बाईक मा आगो लगाएको थियो । यसको जिम्मा कसले लिने ? अनि त्यो भिड भाड र आतंकको समयमा यी नेत्रीलाई महिला नै हो भनेर चिन्नका लागि पनि त यिनको थुतुनो र ज्यान महिलाको जस्तो हुनु पर्यो नि ? तसर्थ मेरो सुझाब छ यी यसिया कै नंबर एक भ्रष्ट नेत्रीलाई – कृपया अब यदि अर्को आन्दोलन मा जानु भयो भने आफ्नो निधारमा म महिला हो भनेर टाटु हान्नु होला होईन भने फेरी पनि कुनै पुरुष प्रहरीले नै समाउने छ ।
-बुटवल मणिग्राम

Comments