बलिउड नायिका रिया सेनको घरमा आगलागी हुँदा सबै जलेर खरानी भएको छ ।

मुम्बईको जुहुस्थित रुइया पार्क विल्डिङमा रहेको नायिका रियाको फ्ल्याटमा शनिवार राति भीषण आगलागी भएको हो । सुत्रका अनुसार बेडरुममा रहेको एयर कन्डिसनमा विद्युत सर्ट भई आगलागी हुँदा उनको दुवै फ्ल्याट जलेर खरानी भएको छ । आगलागी हुँदा नायिका रिया आफ्नी आमा अर्थात टिएमसीका सांसद मुनमुन सेनको घरमा गएकी थिइन् । आगलाथीको खबर पाउँने वित्तिकै उनी आफ्नो फ्ल्याटमा पुगेकी थिइन् ।

उनले दमकललाई तुरुन्त खबर पनि गरिन् । तर खबर गरेको करिब एक घण्टापछि मात्र दमकल आइपुगेपछि नायिका रिया निकै आक्रोशित बनिन् । उनले आफ्नो आक्रोश सामजिक सञ्जाल मार्फत पोखेकी छिन् । मलाई यो देशप्रति लज्जाबोध भएको छ,उनले लेखेकी छिन् ।

खबर गरेको एक घण्टापछि मात्र आइपुगेको दमकलले पनि एक करिब एक घण्टा नै लगाएर आगो नियन्त्रण गरिएको थियो ।

Comments

comments