नेपाली कामदारका लागि प्रतिबन्धित इजरायल वैदेशिक रोजगारीका लागि पुनः खुला भएको छ । लामो समयको स्थगनपछि अब त्यहाँ सरकार आफैले निशुल्क कामदार पठाउने भएको छ ।

वार्षिक १४ हजार डलर भन्दा बढी कमाइ हुने र कामदार सुरक्षीत रहने हुनाले इजरायल नेपालीहरूको रोजाइमा पर्दै आएको छ । इजरायलमा जानका लागि कामदारलेसरकारले स्वीकृति दिएका प्रशिक्षण केन्द्रबाट घरेलु कामदारको तालिम लिएको हुनुपर्नेछ । कामदारको अन्तिम छनोट इजरायल सरकारले तोकेको इजरायली कम्पनीले नेपाली अधिकारीलाई समेत राखेर गर्नेछ । छनोटमा कामदारको अंग्रेजी भाषा, उमेर उचाइ स्वास्थ्य तौल सबै हेरिन्छ ।

नेपाली कामदार सरकारी स्तरमा पठाउन इजरायलले पठाएको सहमतिको अन्तिम पत्र शुक्रबार परराष्ट्र हुँदै श्रम मन्त्रालय पुगेको छ । इजरायलले वार्षिक १ हजार ५ सय जना लिने तयारी गरेको छ ।

Comments

comments