बागमती सफाई महाअभियानको सय हप्ता पुगेको अवसरमा शनिवार बागमती किनारमा हजारौं मान्छे लामबद्ध थिए । तल मानव संग्लो बागमती सफाइमा लाम्वद्द भैरहंदा आकाशबाट एअर डाइनेष्टिको हेलिकोप्टरले पनि यसमा ऐक्यबद्दता जनाइरहेको थियो ।

सरकारको अनुरोधमा बागमती सफाईको दृष्य छायांकन गर्ने प्रयोजनका लागि एउटा टिम सहित एअर डाइनेष्टिले हेलिकोप्टर उडाईएको थियो ।

सामाजिक कामका लागि हेलिकोप्टर उडाउन पाउनु र हजारौं मान्छेहरु लामबद्ध भएर बागमती सफाई अभियानमा योगदान गरिरहेको दृष्य हेर्न पाउनु विशेष खुशी र गर्वको विषय बनेको पाइलट शोवित गौचनले बताए ।

बिहान सवा आठ बजे गौचनको नेतृत्वमा उडेको हेलिकोप्टरले सुन्दरीजल हुँंदै चोभारसम्म एरियल अनुगमन गरेको थियो । आकाशबाट देखिएको दृश्य वर्णन गर्दै गौचन भन्छन-मानव साङ्लोले बागमती घेरिएको थियो । कहीं पनि मान्छे नभएको ठाउँं थिएन । कहीं खचाखच मान्छेहरु थिए भने कहीं केही पातलो उपस्थिति थियो । तर पनि एकले अर्कोको हात समाउन सकिने अवस्था सबै ठाउँंमा देखियो ।’

विशेषगरी थापाथली, बुद्धनगर, बानेश्वर, सुन्दरीजल, तिलगंगालगायतका क्षेत्रमा अत्यधिक उपस्थिति थियो । नदीका दुवै किनारमा मान्छेहरुको भीड थियो, फोहोर उठाइरहेका थिए ।

मान्छेहरुको त्यस खालको समाजिक जागरण र सहभागिता पहिलोपटक देखिएको उनको भनाई थियो । त्यहि अवसरमा उनको हेलिकोप्टरबाट खिचिएका केहि तस्वीरहरु यस प्रकार छन् :

bagmati 2

bagmati 3

Comments

comments