पछिल्लो समय नेपाली सेलिब्रेटीहरुको हब बनिरहेको अष्ट्रेलियामा नेपाली कलाकारहरुको आउँने जाने क्रम जारी छ । यसैक्रममा अहिलेकी चल्तीकी नायिका प्रियांका कार्की यतिखेर मेलबर्नमा छिन् । उनी आफ्नो नयाँ चलचित्र नाइ नभन्नु ल ३ को अष्ट्रेलिया प्रिमियरमा सहभागी हुन मेलबर्न आइपुगेकी हुन् ।

सोलाङचर र नेप्ले इभेन्टस्को संयुक्त आयोजनामा शनिवार नाई नभन्नु ल ३ को मेलबर्न प्रिमियर गरिएको हो । नेपालमा समेत प्रतिक्षित चलचित्रको रुपमा रहेको यो चलचित्र हेर्न उल्लेख्य संख्यामा दर्शकहरु हलमा पुगेका थिए । त्यसभन्दा अघि शुक्रवार साँझ नायिका प्रियांकासँगको विशेष साक्षात्कार कार्यक्रम समेत राखिएको थियो ।

Priyanka 1

पछिल्लो समय प्रियांका निकै बेफुर्सदी नायिका मानिन्छन् । एकैपटक धेरै चलचित्रमा साइन गरेर निन्द्रा र भोक हराम भैरहेकी यी नायिकाको हप्तै जसो चलचित्र रिलिज हुने र प्लपको सुचीमा दर्ता हुने क्रम बढेपछि उनी आफैं मड अफ बन्न थालेकी थिईन् । त्यसैले आफ्नो व्यस्त दैनिकी र कामको तनाव कम पार्ने ब्लक लिभको रुपमा उनले मेलबर्न भ्रमणलाई लिएकी छिन् । उनले मेलबर्नका विभिन्न रमणीय स्थानहरुमा गएर खिचाएर अपलोड गराएकी तस्वीरहरुले यसलाई चरितार्थ पारेको छ ।

Priyanka
नाई नभन्नु ल ३ प्रियांका आफैंले पनि ठूलो अपेक्षा राखेकी चलचित्र हो । दुई दिनको बजार हेर्दा यसले अपेक्षाकृत दर्शक हलसम्म तान्न सक्नेमा शंका उब्जेको छ ।

Comments

comments