जाजारकोटमा अज्ञात रोगबाट ११ जनाको मृत्यु भएको छ भने करिब १५ सयभन्दा बढी मानिस बिरामी परेका छन् ।

गत चैत्र ५ गतेदेखि अर्छानी गाविसमा देखापरेको रोग पैक, सक्ला, नायकबाडा, धिइने, रोकाय, तालेगाउँलगायतका गाविसमा फैलिएको छ । रोगबाट सबैभन्दा बढी पैक गाविसमा ९ जनाको मृत्यु भएको छ भने अर्छानी र तालेगाउँ गाविसमा एक–एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्छानी–५ की सुस्मीत जैसी, पैक गाविसका वीरबहादुर रोकाया, खम्बरबहादुर नेपाली, कल्दरी रोकाया, धनबहादुर रोकाया, रुपा उपाध्याय, जयसरी रोकाया, तिलकबहादुर गिरी, लक्ष्मी रोकाया, जयसरा रोकाया र तालेगाउँ गाविसका कल्दरा शाही रहेका छन् ।

टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा झम्झमाउने, रुघाखोकी लाग्ने र केही दिनपछि बिरामीको ज्यानै जाने गरेको स्थानीयले बताएका छन् ।

Comments

comments