सधै स्वस्थ रहनको लागि साफ–सफाईमा ध्यान दिनु एकदमै महत्वपुर्ण हुन आउँछ । तर भान्सासंग जोडिएका साना साना कुराहरुमा ध्यान नदिँदा पनि धेरै नोक्सानी भोग्नुपर्ने स्थिति आउन सक्छ । त्यसैले यस्ता जोखिमहरुबाट बच्न के कस्ता उपायहरु अपनाउन सकिन्छ । जुन यसप्रकार छन् ।

बजारबाट ल्याइएका साग सब्जीहरुलाई धोएर कपडाले पुछेर सुकेपछि मात्र राख्ने गरौँ । जसले गर्दा फ्रिजमा किटाणुहरु पस्न पाउँदैन । ध्यार रहोस सफा राख्नको लागि कुनै पाउडर या लिक्वीड क्लीनरको प्रयोग गर्नु राम्रो हुँदैन । जब फ्रिज सुखा हुन्छ तब त्यसमा सामानलाई स्टोर गर्नुहोस । पानीको बोतललाई एक हप्तामा एक पटक सफा गर्नु राम्रो हुन्छ ।

घरमा हरेक ठाउँको सरसफाई गर्नको लागि छुट्टाछुट्टै रुमाल राख्नु आवश्यक हुन्छ । प्रत्येक पटक सफा गरेर सुकाउनु पर्छ । घाममा सुकाउनाले रुमालमा भएको किटाणु मर्छ ।

फलफुल तथा साग सब्जी धोएर राख्ने । यदि सफा गर्नुको लागि कुनै केमिकल्स उपलब्ध छ भने त्यसको प्रायोग गर्न सकिन्छ । यसको अलाबा पानीमा नुन मिलाएर धुनाले पनि साग सब्जी तथा फलफुलमा भएका केहि ब्याक्टेरिया नष्ट हुन्छ ।

Comments