सिड्नी । अष्ट्रेलियबाट फेरि अर्को नेपाली चलचित्र निर्माण हुने भएको छ । यस चलचित्रको निर्माण सिड्नीमा रहेको प्रोडक्सन कम्पनी आल्प ईन्टरटेन्मेन्टले गर्न लागेको हो । अनुप बरालले निर्देशन गर्ने चलचित्र दोखको बारेमा जानकारी दिन हालै काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना समेत गरिएको थियो ।

नेपाली मौलिक कथावस्तुमा निर्माण हुन लागेको भनिएको चलचित्र दोखमा फुटबल खेल्ने ग्रामीण परिवेशका युवाहरु र द्वन्द्वको अवस्थाका विषयमा चित्रण गरिएको बताइएको छ । निर्देशक अनुप बरालले चलचित्र स्टार भ्यालुभन्दा कन्टेन्ट भ्यालु भएको जानकारी दिए । चलचित्रमा लोकमणि सापकोटा, रोय श्रेष्ठ, दिवाज किराँती, राज थापा, सुरज मल्ल, केशव राई, दिया मास्के, सजन थापा मगर, किरण चाम्लिंग, माओत्से गुरुंग, अनोज पाण्डे, अविरलप्रताप अधिकारी, अमनप्रताप अधिकारी लगायतले अभिनय गर्नेछन् ।

चलचित्र दोखको निर्माण सविन ज्ञवाली र मनोज अधिकारीले संयुक्त रुपमा गर्न लागेका हुन् । वैशाख १ गतेबाट यस चलचित्रकमे छायाँकन सुरु हुने निर्देशक बरालले बताए । यस चलचित्रमा चर्चित व्याण्ड नेपथ्यले पहिलो पटक चलचित्रमा संगीत दिने भएको छ । चलचित्र दोखमा नेपथ्यले दुईवटा गीतमा संगीत दिने र गाउने भएको हो । चलचत्रिका अन्य गीतमा भने संगीतकार आभासकोसहकार्य रहनेछ ।

Comments

comments