नक्कली लुम्बिनी बनाएर विश्व समुदायमा बुद्धको जन्मथलोबारे भ्रम छर्दै आएको भारतको निशानामा हिन्दूहरुको आराध्यदेव पशुपतिनाथ पनि परेको छ ।

पशुपतिनाथको हुबहु मन्दिर बनाउँन भारतले तयारी शुरु गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एक भारतीय नागरिकले आफ्नो भूमिमा पशुपतिनाथको नक्कली मन्दिर बनाउन प्रस्ताव गरेको हो । अचम्मको कुरा त के भने उक्त प्रस्तावमा नेपालको पशुपति क्षेत्र विकास कोष पनि सकरात्मक रहेको बताइएको छ । त्यसैले कोषका पदाधिकारी चाँडै भारतको महाराष्ट्र जाँदै छन् ।

महाराष्ट्र पुणेका एक नागरिकले २० हेक्टर जमिन कोषलाई दान दिने र त्यसमै पशुपतिनाथको जस्तै मन्दिर बनाउन प्रस्ताव गरेका छन् । जसमा कोषका पदाधिकारी सकरात्मक देखिएका हुन् ।

Comments