-लक्ष्मण गौतम ।

जंगलमा रुख कोपर्दै हिड्ने माओवादीलाई स्व गिरिजाप्रसाद कोईरालाले काँधमा बोकेर १२ बुँदे सम्झौता मार्फत काठमाण्डौ मा छिराए । वर्गको, जातको , लिंगको , उत्पीडनको , महिलाको , भेदभाबको कुरा उठाएर १७००० गरिब जनताको रगतको होलि खेलेर सिंहदरबार छिरेका माओबादी जब सत्ताको स्वादमा आफ्नो देशद्रोही थुतुनो चोब्न थाले, ती सबै जनताका मुद्धाहरुको अस्तु पेरिस डाडामा बिसर्जन गरिदिए । हिजो खालि खुट्टा हिड्ने , जंगलमा सुत्ने माओबादी करोडौको महलमा अनि लाखौको पलंगमा सुत्न थाले । हिजो बस चढदा बस लागेर पोलिथिनको ब्यागमा उल्टी गर्नेहरु लाखौंको गाडीमा हुईकिन थाले । हिजो नांगै लुतो कनाउदै हिड्ने सडक छापहरु सुट बुटमा सजिन थाले । १७००० गरिब जनताको लाशमा टेकेर काठमाण्डौ छिरेका माओबादीहरु काठमाण्डौका ५ तारे होटलहरुमा उपर खुट्टी लगाएर सुरा र सुन्दरीको चास्नीमा डुब्न थाले । आफ्नो लागि ज्यानको बाजी लगाएर लडेका हजारौ लडाकहरुलाई अयोग्य साबित गरि घरतिर फिर्ता पठाईदिए । हजारौलाई खाडि मुलुक र मलेशियातिर पठाए,हजारौलाई क्याण्टोन्मेन्टमा राखेर उनीहरुको नाउमा राज्यबाट आएको अर्बौ रुपैयाँ स्वीस बैकमा थुपार्न थाले । पछि जब १० बर्ष सम्म र लडाकुको नाउमा लुटेको पैसाको भागबण्डामा कुरा मिलेन अनि बैचारिक द्धन्दको कारण देखाउदै प्रचण्ड र बाबुरामलाई सराप्दै माओबादीहरु टुक्रिन थाले ।

यदि साँच्चिकै बिचारको नै द्धन्द्ध थियो भने आज फेरि एकजुट हुनुको कारण के हो ? प्रचण्ड र बाबुरामलाई जे जे आरोप लगाईएको थियो,आज पनि ति सबै यथावत नै छन् । अहिले राज्यले जब १० बर्ष सम्म गरेका अपराधहरुको चिरफार गर्दै यिनीहरुलाई नत्थी लगाएर कानुनको कठ्घारामा उभ्याउने तयारी गर्दै छ,तब यी कथित परिवर्तनकारीहरु फेरि एकजुट हुने नाटक मन्चन गर्दै छन् । लोकतन्त्र मान्छु भन्ने तर सर्बोच्च अदालतले गरेको फैसलाको बिरुद्ध सडक तताउने । संबिधान सभाको माग गर्दै १७०००० मान्छे मार्ने अनि अहिले संबिधान सभाबाट संबिधान बनाउ भन्दा सडकमा उत्रिने । लोकतन्त्र र गणतन्त्रको जननी हामी हौ भन्ने तर त्यही लोकतन्त्रले आत्मसात गरेका बिश्वब्यापी मूल्य, मान्यता , विधि , प्रक्रिया चाहि नमान्ने । हिजो नेपालको अन्तरिम संविधानमा सहमति भएन भने बहुमतिय प्रक्रियाबाट संबिधान जारी गर्ने भनी हस्ताक्षर गर्ने , चुनावका बेला पनि आफ्नो घोषणा पत्रमा त्यही भनि भिष्म प्रतिज्ञा गर्ने अनि आज आफु चुनाव हारेपछि बहुमतीय प्रक्रियाबाट संबिधाननै बनाउन पाईदैन भन्दै नेपाल बन्दमा उत्रिने । श्रमजिवी सर्बहारा वर्गको नेता हौं भन्ने अनि त्यही श्रमजिबी जनताको पेटमा लात हान्दै नेपाल बन्द गर्ने । नेपालमा दिन भरि काम गरेर साझ पेट भर्ने जनता कति छन ? के त्यसको अक्कल छैन यी कथित माओबादीलाई ? एसियाकै धनी नेता मध्ये एक पर्नेलाई के थाहा सर्बहारा र श्रमजीबी जनताको ब्यथा ? जनताको मुद्धा उठाएर जनताको हितका लागि आन्दोलन गर्ने हो भने नेपाल बन्द जस्तो राष्ट्रघाती र जन बिरोधी काम नै गर्नुपर्दैन भन्ने कुरा यो माओबादिले डा गोबिन्द केसीबाट सिकोस । जनताको नाउमा ठूला ठूला कुरा गर्ने तर त्यही जनताको मतको कुनै कदर नगर्ने । आफ्नै ३ वटी बुहारी र नातिलाई न्याय दिलाउन नसक्ने प्रचण्डले कुन नेपाली जनतालाई अधिकार दिलाउने छ ? अरुका छोरा छोरीलाई बन्दुक बोकाएर लड्न पठाउने तर आफ्नी छोरीलाई पिएचडि गर्न भारत पढाउने रअ को एजेण्ट बाबुरामले कुन जनतालाई अधिकार दिलाउने छ ?

पहिलो संबिधान सभामा जनताले ठूलो पार्टी बनाएको माओबादी संबिधान बनाउने भन्दा पनि धनयुद्धमा बढी लीन भयो । त्यसैले उनीहरुबाट देशले पार नपाउँने देखेर नै दोश्रो संबिधान सभाको चुनाबमा संबिधान बनाउने अभिभारा जनताले काँग्रेस र एमाले लाई दुई तिहाई मत दिएर सुम्पे । अब जनताको मतको कदर गर्न यथाशीघ्र लोकतान्त्रिक संबिधान जारी गर्न दलहरुले कुनै आलटाल गर्न हुन्न ।

–बुटवल ,मणिग्राम ।

यस लेखमा अभिव्यक्त विचार लेखका निजी हुन् ।

Comments

comments