नेपालमा पहिलोपटक बाढी र डुवानको पूर्वानुमान गर्नका लागि मौसमी राडार स्थापना गर्न लागिएको छ ।

बाढीपहिरो र डुवानका कारण बर्षेनी ठूलो मात्रामा धनजनको नोक्सानी हुन थालेपछि त्यसको पूर्वानुमान गर्न तथा सम्भावित विपद्बाट जोगिन जल तथा मौसम विज्ञान विभागले मौसमी राडार स्थापना गर्न लागेको हो । राडार स्थापनाका लागि विभागले आवश्यक प्रक्रिया समेत सुरु गरिसकेको छ । हालसम्म नेपालमा यो प्रविधि नभएको र पहिलोपटक सुर्खेतमा यसको स्थापना हुन लागेको हो । मौसम विभागका अनुसार नेपालका तीन स्थानमा राडार स्थापना गर्ने तयारी भइरहेको छ ।

जसमध्ये पहिलो चरणमा सुर्खेत र दैलेखको सिमानामा पर्ने रातानाङ्गलामा यसको स्थापना गर्नका लागि प्रक्रिया समेत सुरु भइसकेको छ । मौसमी राडार स्थापना गर्नका लागि जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा.ऋषिराम शर्माको नेतृत्वमा स्थलगत अध्ययनका लागि आएको टोलीले टावर स्थापनाका लागि मध्य तथा सूदुरपश्चिम क्षेत्रका लागि रातानाङ्गला नै उपयुक्त भएको भन्दै काम अगाडी बढाइने जनाएको छ ।

Comments

comments